
दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौ
राति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ।
आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होला
भुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ।
थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागि
स्वीकार्छु म घृणै पनि,जुन घृणामा तिमी हुन्छ्यौ।
देखाउनु त छैन अब, प्रेम भने चाहिँ घट्ने छैन
हर मन्दिरका मेरा सधै प्रार्थनामा तिमी हुन्छ्यौ।
टाढा राख्यौ,टाढैबाट तिम्रो सधैं ख्याल गर्नेछु
आउँछु एकदिन नजिक जब बेदनामा तिमी हुन्छ्यौ!!
रबिकिरण
