दिन बित्दै छन्, रात हराउँदै छन्,
समयको लहरमा म डुब्दैछु ।
सपनाहरूको संसारमा हराउँदै छु,
तर हरेक पाइलामा पीडा मेटिँदैछु ।
साँझको मधुर उज्यालोमा,
म एक्लो भइ विचारमग्न हुन्छु ।
हर रात सपनामा देख्छु,
एक उज्ज्वल भविष्यको आशा ।

तर बिहानै उठ्दा,
फेरि उही निराशा भेटिन्छ ।
जीवनको यो दौडानमा,
म कहाँ छु, कता जान्छु ?
संगतहरूको भीडमा,
म एक्लै महसुस गर्छु ।
आफ्नो दर्दलाई लुकाउँदै,
म सधैं हाँसी रहन्छु ।
हरेक दिन नयाँ आशा लिएर,
आँखा मिच्दै उठ्छु ।
तर दिनको अन्त्यमा,
फेरि उही पीडामा लुट्छु ।
जीवनको यो अज्ञात यात्रामा,
म कहाँ जान्छु, के खोज्छु ?
मात्र यो समयलाई सोध्न चाहन्छु,
के यो पीडा कहिले सकिन्छ ?
तर म जान्दिन यो प्रश्नको उत्तर,
मलाई थाहा छ मात्र यो क्षण ।
जे जस्तो चलिरहेको छ,
यसको समाधान म खोज्न सक्दिन ।

त्यसैले साथी, बुझ्दैनौ त के गरु ?
म बुझाउन सक्दिन !
सुन्दैनौ त के गरु ? म सुनाउन सक्दिन !
सोधी हेर्दैनौ त के गरु ?
भन्दै हिड्न सक्दिन !
Ghumante_यात्री