
कतिपय मान्छे मन परेपछि,
मनलाई थाहा हुन्छ बस्, “ऊ मन पर्यो।”
न कुनै कारण, न कुनै प्रश्न,
त्यो माया हुन्छ शान्त, निशब्द बन्धन।
न त कुनै उत्तर खोज्न जरुरी,
भावनाले भर्छ सबै दूरी।
अकारणको प्रेम, निस्वार्थको भावना,
यस्तै हुँदोरहेछ साँचोको यो सम्बन्ध र समर्पण।

बिनासूत्र, बिनाशब्दको यो प्रेम,
न कुनै चाह, न कुनै भारीले थिच्ने देह।
केवल उसको मुस्कानमा छ खुशी,
उसको आँखामा हेर्दा दिलमा बस्छ मीठो खुशी।
कहिलेकाहीँ मनलाई उत्तर चाहिँदैन,
बस उसैको साथमै अर्थ भेटिन्छ जीवनको।
कतिपय कुरा बुझ्न जरुरी नै हुँदैन,
किनकि “ऊ मन पर्यो” भनेपछि सबै चुपचाप हुन्छ।
कतिपय मान्छे मन परेपछि,
शब्दले भन्दा भावनाले बोल्छ मन।
कसरी र किन भन्ने प्रश्नले छुँदैन,
किनकि त्यो माया आफैंमा एक रहस्य हुन्छ।
न त उसलाई बुझ्न नै समय लाग्छ,
न त कारण खोज्न मन भुल्छ।
बस् ऊ नै बनेको हुन्छ जीवनको बाटो,
जहाँ उत्तरहरू मिल्न नपाई, यात्रा सुरु हुन्छ सधैंको।
उसको साथमै छ शान्तिको संसार,
प्रश्न र उत्तरभन्दा पर, एक अनन्त प्यार।
जसले मन जित्यो, त्यसको महत्व गहिरो,
बस् “ऊ मन पर्यो” भनेपछि, बाँकी सब निरर्थक भयो।
Pankaj Dahal ( Ghumante_यात्री)
