अभागी

सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छु
साथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु

कसैले असफल भएको विगत सोध्यो भने
सबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु

अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो म
जन्मिँदा आमाले पाएको दुखाई सम्झन्छु

सहरमा गाडीहरूको आवाजले दिक्क लाग्दा
गाउँको गोठमा कराउने बाख्रा भैंसी गाई सम्झन्छु

बालापनको सबै भन्दा खुसीको कुरा गर्नु पर्दा
घरमा पाउना आउँदा ल्याइदिएको मिठाई सम्झन्छु

Subash Dwal

Leave a Reply

Your email address will not be published. Required fields are marked *