BY Ravi Gajurel
म को हुँ ?
म के हुँ ?
आज एउटा प्रश्न गर्छु
गरुँ ?
होईन,
उत्तर आफैँ भन्छु
तपाईंँको नजर मलाई के थाहा छ र
तपाईंँको बिचार मलाई के थाहा छ र
म बालुवा हुँ
छालले छोडेको
म मुढा हुँ
बाढिले छोडेको
म धुलो हुँ
हुरिले उडाएको
म पतिंगर हुँ
बोटबाट चुँडाएको
अब
छिटै बदल्नुछ आफुलाई
चुनौती छन बाटाभरि
ठेस लाग्ला,तर
उठ्नेछु, लड्नेछु,लम्कनेछु
लम्कनु नै पर्छ
चम्कनु नै पर्छ
अनी
बन्नुछ विशाल संरचना
मैले बालुवाको धर्म बिर्सिन्न
बनाउनुछ तपाइँलाई न्यानो
मैले मुढाको धर्म बिर्सिन्न
पतिँगर हुँ,
तपाइँको छानो छाइदिना सक्छु
बरु धुलो पो तपाईंँले के गर्नुहुन्छ ?
अब भन्नुस्
म को हुँ ?
म के हुँ ?
