भ्रम

Ravi Gajurel


भ्रममा छु
थाहा छ म भ्रममा छु
तैपनी भ्रमकै भरमा
हिँडिरहेको छु

हुन त
यो संसार नै
भ्रममै चलिरहेछ
थाहा छ
बगेर जानेछ खोला
तैपनि बगर
पानी फर्किन्छ कि
भन्ने भ्रममा छ

आकाशलाई
लाग्दो हो
जुन तारा मेरै हो
तर
उसलाइ कस्ले भन्दिओस
उ भ्रममा छ

धर्तिलाई लाग्दो हो
रुखजति मेरै हुन
तर
उसलाई कस्ले भन्देओस
सबै रुख जमीन छोडेर
जान खोज्छन माथी माथी

अनि
तिमी?
तिमीलाइ लाग्दो हो
म तिम्रो पछि
पागल छु भनेर
तिमि नि भ्रममै छौ
तर
यो भ्रम
साँचो हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *