

बेग्लै मजा छ यो मतलबी दुनियाँमा
एउटा बेमतलबी जिन्दगी जिउनुको,
अचेल मैले पाएको छु अनुपम आनन्द,
जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ।
चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,
हावासँगै उड्छु, जस्तो लाग्छ त्यही गर्छु,
दिनभरि रमाउँछु, साँझमा तारासँग कुरा,
बेमतलबी जिन्दगीको म मजा लिँदै छु।
चाहना छैन, न कुनै सपना सजाएको,
न कुनै मञ्जिल, न कुनै मंजिलको पर्खाइ,
यहाँ त केवल अहिलेको पल छ,
बितेको कुरामा कुनै मतलब छैन।

धन दौलतको मोहमा हराएको म,
सम्झिएँ जिन्दगीको वास्तविक रंग,
जहाँ केवल सुख र दुःखको एउटा छुट्टै संसार छ
र त माया र समर्पणको अर्थ बुझेको छु ।
एउटा बेमतलबी जिन्दगीको चिहानमा,
म सँगै हाँस्छु, सँगै रोइदिन्छु,
अरूका लागि म त केवल पागल मात्र हुँ,
तर म त यहाँ स्वयम् मन्द मुस्कान हुँ।
कसैको परवाह छैन, न कसैको डर,
मृत्यु पनि साथी जस्तो लाग्छ,
धेरैले सोधे किन यस्तो बेमतलब,
तर उत्तर छैन, केवल अनुभव छ।
एउटा बेमतलबी जिन्दगीको आँगनमा,
फूल र काँडा, दुवै समान लाग्छ,
सपना देख्न सक्छु,पुरा हुनु न हुनु समयको खेल हो
मेरो जिन्दगी त केवल स्वतन्त्रताको गीत हो।

यदि सक्नुहुन्छ भने बरु मतलब नराखिदिनुस,
मेरो बेमतलब संग, नबाँधिदिनुस कुनै अपेक्षा,
म केवल यही क्षणमा बाँचेको छु,
यही क्षणमा मैले पाएको छु।
कसैले के भन्छ, त्यसको परवाह छैन,
म त केवल आफ्नै दुनियाँमा छु,
जहाँ सबैकुरा बेमतलब लाग्छ,
तर म त बेमतलबी जिन्दगीको मजा लिँदै छु।
यहाँ म छु, मेरो बेमतलबी सपना,
जहाँ हावा र बादल, मित्र बन्ने छ,
मेरो यात्रा त केवल आत्माको खोजी हो,
यो बेमतलबी जिन्दगीको मार्ग।
संसारको रमझममा म हराएको छु,
तर केवल रमाइलो गर्दै छु मात्र रमाइलो
मेरा पाइलाहरूले केवल स्वच्छन्दता चाएको छ,
मेरो मनले केवल स्वतन्त्रताको गीत गाउँछ।
तिमी पनि आउ, यो बेमतलबी दुनियाँमा,
जहाँ कुनै बाधा छैन, न कुनै सीमा,
संगै हाँसौं, संगै रोऔं, बेमतलब बनौं,
एउटा बेमतलबी जिन्दगी जिउनको मजा लिऔं।
Ghumante_यात्री

