एकदिन- रवि किरण

कुनैदिन
चन्द्रमासँग
तिम्रो जंकाभेट भयो भने
उसले तिमीलाई
चिनेचिने झैँ गर्ला
तिमी
केबल आफ्नो नाम बताइदिनु
झ्याम्मै हाल्नेछ
अँगालो तिमीलाई
तिमी अचम्म नमान्नु।

जूनले
तिमीलाइ चिनिसकेको छ
उसलाई
तिम्रो हरेक कुरा थाहा छ
उसलाई थाहा छ
तिमीलाई घामदेखि एलर्जी छ
तिमीलाइ चिसोदेखी एलर्जी छ
तिम्रो मनपर्ने फूल देखि
मन नपर्ने आफन्तसम्म थाहा छ

निद्रा नलागेर छट्पटिँदै गर्दा
रातभर उसैसँग तिम्रो तारिफ गर्दै बस्छु
उसैसँग माया लाउँदै बस्छु
कति रात घरको छतमै बितेका छन
उसैलाइ हेरेर टोलाउँदै
तिम्रा कथा सुनाउँदै।

अँगालोबाट छुटेर
तिमीलाइ हकार्न नि सक्छ
तिमी सहिदिनु
थोरै गल्ती तिमीले गरेकै हौ
धेरै बेवास्ता तिमीले गरेकै छौ
खैर उसलाई
यो पनि थाहा छ
हाम्रो भेट एकदिन अबस्य हुनेछ
हाम्रा सपना एकदिन अबस्य पुग्नेछ।

By रवि किरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *