अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्ने
पछिल्लो समयमा हाम्रो मुलुकलाई राजनीतिक तवरबाट खुब छिचोलिएको छ कहिले कोहि पक्राउ कहिले कोहि
जो सत्तामा पुग्छ उसले दण्ड घमण्ड अनि शासन गर्छ।प्रतिपक्षलाई आफ्नो शक्तिको दुरुपयोग गरिरहेका हुन्छ्न।त रोएजस्तो गर म हानेजस्तो गरुला भनेजस्तो जनतालाइ भुलाउन केही दिनको लागि भएपनी ठुलाठुल मुद्दामा मुछिएका हरु जेलको ढोका सम्म त पुग्छ्न तर ढोका बन्द छ तपाइको लागि भनेर फर्काइदिन्छ्न ।देश यसरी पापी भर्स्ठहरुले नचाइरहेको वेला हामी युवासाथिहरु मुखदर्सक किन? होला हाम्रो पनि ब्याक्तिगत जीवन बनाउनु छ घरपरिवार खुशी राख्नु छ प्रतिष्ठित बन्नुछ।ठिक छ हामी यी कुरा त गरौंला तर हामीसङग खेत नै छैन भने खेती गर्छु भनेर त नहोल हामिसङग घर नै छ भने छिमिकिले कति दिननै बस्न देला र ? दुई चार दिन राम्रो व्यबहार गर्ला त्यसपछि उसमा पनि ईष्र्याको आगो कसो नबल्ला र ?म मेरै उमेरका साथीहरूसङ्ग यसो कति बेला देशको समर्ग स्थितीको बारेमा कोट्याउन खोज्छु ।साथिहरु सिधै बेवास्ता गर्नुहुन्छ छोड यी कुरा कोहि भन्छ म त बिदेश जाने हु कोहि भन्छ म त फलानो गर्ने हु कोहि भन्छ व्यापार गर्ने साथिहरुको यी कुराले मलाइ आपत्ति छैन तर मैले भन्न खोजेको महाकबी लक्ष्मीप्रसाद देबकोटाले भनेको घर चिन्न घर छोड त घर नबिर्स भन्नेकुरालाइ मनन गर्नु जरुरी छ ।हामी आफ्नो भबिस्य बनाउ तर आफ्नो भबिस्यसङगै देशलाइ पनि सोचौ ।अब जागौ जुटौ यो बेतिथिबिरुद्द हामिले नबोले को बोल्ने हामिले परिबर्तनको सम्बाहक नबने कसले बनिदिने हामिले पढेका छौ अनि बुझेका पनि छौ बिस्वमा एकत्रित शासन गरिरहेका मै हु भन्ने रास्ट्रहरुमा पनि त्यही देशका मानिसहरुले बनाएका हुन हामिलाइ यी सब कुरा अबगत नै हुन्छ तर हामी बुझेर पनि बुझ पचाइरहेका हुन्छौ ।शिक्षित भएर पनि अशिक्षितजस्तो व्यबहार देखाइरहेका हुन्छौ ।यस्तो किन?अब हामि एक पुस्ताले सङघर्श बिद्रोह र बौद्धिक क्रान्ति गर्नु अपिरिहार्य छ।त्यसकारण हामीले अब यो पार्टी त्यो पार्टीको भन्ने होइन कि राम्रो मान्छे जुन पार्टीको त्यसलाई समर्थन गर्दै अगाडि बढनु पर्छ र युवाहरुको एउटा बिचार सङघर्स गर्नुपर्छ धन्यवाद
अहिले नगरे कहिले नगरे कहिले गर्ने हामिले नगरे कस्ले गर्ने?

bibek saud