गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,
चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।
यहाँ त केवल शरीर चल्दैछ,
जसले कर्तव्यको भारी बोकेको छ।

आँखा यो सडकमा भए पनि,
दृश्य त गाउँकै चौतारीमा छ,
जहाँ खेल्थें म बालापनमा,
आज त्यो सपना बिर्सिनै सकिनँ।

धूलो उडाउदै दौडिन्थेँ पथमा,
अब त धूलो यही शहरले छोप्यो,
जहाँ हाँसो थियो सधैं संगै,
त्यो हाँसो त हावा संगै हरायो।

यहाँ जिम्मेवारिको भारी बोकेर,
जीवन अघि बढाउँछु म,
तर मन त सधैं फर्किन्छ उतै,
जहाँ माया र आत्मीयता थियो।

शहरको उज्यालोमा रमाउनेहरू,
साँच्चै, के थाहा उनिहरूलाई?
माया, गाउँको माटो, सुस्केरा,
जति टाढा गए पनि, मन उतै रहिरह्यो।

जीवन यहाँ हतारको दौडमा,
तर शान्ति त उतै बाँकी छ,
जहाँ बिहानको सूर्य उदाउँदा,
आशा नयाँ हुन्थ्यो मनमा सधैं।

यहाँको भीडमा हराएको छु,
पहिचान नै छुटेझैं लाग्छ कहिलेकाहीँ,
तर जब सम्झन्छु म बालापन,
तब मन फेरि खुशीले भरिन्छ।

गाउँको हरियाली, खोल्साको गीत,
आज यी सबै सपनाजस्तै लाग्छ,
शहरमा त केवल ठूला भवन छन्,
तर आत्मा त उतै मुक्त भइ बाँच्छ।

समयको खेल हो सायद,
जसले मलाई यहाँ ल्यायो,
तर साँचो खुशी त उतै थियो,
जहाँ परिवार र साथीहरूको साथ थियो।

यहाँ जिम्मेवारीको घेरामा छुँ म,
तर मन त हरेक पल उतै पुग्छ,
जहाँ माया, आत्मीयता, र सम्बन्धहरू,
साँचो धरोहरको रूपमा बाँकी छन्।

जिन्दगीको यो यात्रा कति टाढा होस्,
मनको यात्रा त सधैं उतै रहन्छ,
जहाँ मैले पाएको थिएँ वास्तविक म,
र जहाँ म सधैं फर्किन चाहन्छु।

शब्द:- पंकज दाहाल (Ghumante_यात्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *