नेपालीको लागि संविधान हात्ती आयो हात्ती फुस्स !

भोलि अर्थात असोज 03 गते संविधान दिवस रे हाम्रा बर्तमान प्रमज्युले विभिन्न अग्रज कलाकारहरुद्वारा भोलि फलानो ठाउँमा आउनु अनि आफ्नो घर घरमा दिपावली मनाउनु भनी खुब परिचर्चा भैरहेको छ।साथै प्रमज्युका निकट कार्यकर्ता तथा केहि अन्धभक्तहरुले समेत सेयर गरेर सामाजिक सन्जालका भित्ताहरुलाइ रङगिएका छ्न। तर मलाइ भने यो संविधानदिवस कागलाइ बेलपाक्यो हर्ष न बिस्मात भाको छ।

यसको मतलब मैले संविधान अपमान र गिज्याएको चाहिँ पक्कै पनि होइन ।सघियतापछि जनताले त्याग बलिदान तथा गौरबपुर्ण इतिहासले ल्याएको संविधानको महत्व ज्यादै नै छ।तर यो संविधानमा भएका ब्यब्स्थाहरुको कार्यान्वयन जस्को शक्ति उसको भक्ती जस्तै भैरहेको छ।यानकि संविधानले 31 वटा मौलिक हकको ब्यबस्था गरेको छ ।र धारा 16 मा स्वतन्त्रताको हक भनेर आफ्नो स्वतन्त्र बिचार अभिव्यक्ति गर्न पाइन्छ भनी उल्लेख गरेको छ तर यथार्थमा यो रति भरी नि कार्यान्वयन छैन ।हामिले कुनै नेता कार्यकर्ताको बारेमा बोल्नै नहुने रे मुखदर्शक भएर बसिराख्नु रे बोलेपछि प्रहरी दमन हुन्छ।

अनि यो संविधानको मुख्य एजेन्डा लोकतन्त्रको रक्षा गर्नु रे खोइ त यहि हो लोकतन्त्र हामिले कसैप्रतीको दृष्टिकोण पनि राख्न नपाइने अनि गफ मात्रै लोकतन्त्रको रक्षा गर्ने भन्छ्न यर्थातमा हात्ती आयो फुस्स अनि यो संविधानमा 1३ वटा संबैधानिक अङ्गहरुपनि छ्न तर सबैमा राजनितिक हस्तक्षेप छ यहाँ वास्तविक दोषीहरु भाग्छ्न निद्रोसहरु मात्रै पक्राउ पर्छन् ।मैले भन्न खोजेको संबैधानिक अंगहरु राजनितिक लगामबाट नियन्त्रीत छ्न ।

संविधानमा रास्ट्रपतिका काम कर्तव्यहरु बढो लिपिबद्द गरि लेखिएको छ जस्तै रास्ट्प्रती निष्ठावान हुँदै संविधानको पालना गर्ने तर यथार्थमा रास्ट्रपतिले नै आफुअनुकुल विधेक पारित गर्ने पार्टीगत सहजीकरण गर्न विभिन्न निती कार्यान्वयन गर्ने देखिन्छ ।अनि रास्ट्रपतिले जनकल्याणकारी कार्य नै नगर्ने जनगुनासो नै नसुन्ने आफू ठिक्क हुनलाइ जनहितमा नै कार्य गरिरहेको छु भन्ने खोइ त यहि हो हामिले ल्याएको संविधान । अनि या कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर भन्ने उखानको खुब अनुसरण गरेको छ यो संविधानले अनि म पागल भएर अन्धभक्त भएर कसरी खुसियाली मनाऔ त ।

Bhasker Bhatt Pacific 

Leave a Reply

Your email address will not be published. Required fields are marked *