
लामो शैक्षिक इतिहास बोकेको जनमैत्री बहुमुखी क्याम्पस आजभन्दा ३३ बर्ष अघि काठमाडौंमा स्थापित भएको हो ।२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै आएको छ । यो हाल काठमाडौंको कुलेश्वर को आवास सडकमा रहेको छ । जनमैत्री बहुमुखी क्याम्पस शान्त वातावरणमा आफ्नै भवनमा अवस्थित छ ।
वि. सं. २०४७ मा प्राज्ञिक व्यक्ति तथा समाजसेवीहरुले स्थापना गरेको जनमैत्री बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सामुदायिक शैक्षिक संस्था हो । उचित मूल्यमा गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित यो क्याम्पसले व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सोसल वर्क, मासकम्युनिकेशन, साइकोलोजी, व्यवस्थापन, कम्प्युटर एप्लिकेशन, आइसीटी , बिसिए र बीबीएमजस्ता मास्टर मा (MBS)विषयहरु समावेश छन् ।
क्याम्पसमा हाल ७७ जिल्लाका करीब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।
जनमैत्री बहुमुखी क्याम्पस ले ‘प्लस टु’मा म्यानेजमेन्ट, ह्युमनिटिज र ‘ल’ संकायका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गेट टु वर्क, किप वर्किङ, डन्ट स्टोप र सक्सेस (सफलता) पाउनेमा विश्वास जनमैत्री छ ।
त्यस्तै म्यानेजमेन्टको हकमा नेपाली, अंग्रेजी, सोसल स्टडिज एण्ड लाइफ स्किल्स एजुकेशन÷म्याथमेटिक्स अनिवार्य विषयमा छन् भने एकाउन्टेन्सी, इकनोमिक्स, होटल म्यानेजमेन्ट, बिजनेश स्टडिज, कम्प्युटर साइन्स ऐच्छिक छन् ।
त्यस्तै ह्युमनिटिज अन्तर्गत अंग्रेजी, नेपाली, सोसल स्टडिज एण्ड लाइफ स्किल एजुकेशन अनिवार्य विषय छन् । त्यस्तै सोसोलोजी, मास कम्युनिकेशन र रुरल डेभलपमेन्ट विषय ऐच्छिक छन् ।
कानुन संकाय अन्तर्गत अंग्रेजी, नेपाली, सोसल स्टडिज एण्ड लाइफ स्किल एजुकेशन अनिवार्य विषय छन् भने कन्सिट्युशनल ल, जुरीस्प्रेडेन्स एण्ड ल, प्रोस्युडरल ल ऐच्छिक विषय छन् ।

यो कलेजमा पढाई हुने विषयहरुमा सैद्धान्तिक पक्षका अलवा व्यवहारिक पक्षमा फिल्ड वर्कहरुमा, प्राक्टिल अभ्यासहरुमा उत्तिकै जोड दिँदै आएका छौँ । प्रविधिको अत्यधिक प्रयोग हुने अहिलेको समयमा शिक्षालाई व्यवहारिकता दिँदै पढ्ने पढाउने क्रममा प्रविधिलाई उच्चतम प्रयोग गर्ने र आधुनिक प्रविधिको प्रयोग गरेर पढाउने काम भइरहेको छ । पढ्ने काम सँग–सँगै विद्यार्थी भाई बहिनीहरुको आवश्यकता र विषयको आवश्यकता अनुसार फिल्ड वर्क गर्ने, प्राक्टिल एजुकेशन दिने, विद्यार्थीहरुलाई आवश्यकता अनुसार फिल्ड भिजिट गराउने काम पनि जनमैत्री बहुमुखी क्याम्पस बाट हुँदै आएको छ ।
अभिभावकसँग निरन्तर मनोसामाजिक परामर्श
विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापका साथै उसको वैयक्तिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जनमैत्री दृढ देखिन्छ । उसो त कलेजले विद्यार्थी र अभिभावकको वास्तविक अवस्था पहिचान गरी उनीहरुलाई आवश्यक परामर्शका साथै सहयोग समेत गर्दै आएको क्याम्पस प्रमुख भोलानाथ अोझा बताउँछन् । ‘कुनैपनि विद्यार्थीले शिक्षा आर्जन गर्न आउनुभन्दा पहिला ऊ मानसिक रुपमा तनावरहित हुन जरुरी छ,’ उनले भने, ‘यदि कुनै विद्यार्थीलाई घरायसी रुपमा समस्या छ भने हामी त्यसको पहिचान गरी अभिभावक, विद्यार्थीसँग परामर्श गर्छौं र समाधानको बाटोमा जान्छौँ ।’
साथै, विद्यार्थीको प्रस्तुतिलाई लिएर भर्चुअल र भौतिक रुपमा निरन्तर अभिभावकसँग सम्पर्कमा रहनाले कलेज, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध निकै गाढा हुँदै गएको उनको बुझाई छ ।
विज्ञसँग नियमित अन्तक्रिया
जनमैत्री बहुमुखी क्याम्पस ले समसामयिक विषयमा विज्ञसँग विद्यार्थीहरुलाई नियमित अन्तक्रिया गराउँदै आएको छ । जसले विद्यार्थीहरुमा रहेको दुविधालाई चिर्न सहयोग गरिरहेको कलेजका क्याम्पस प्रमुख भोलानाथ अोझा बताउँछन् । ‘हामी समाजमा भएका वा हुनसक्ने सम्भावित विषयवस्तूहरुका बारेमा विज्ञसँग अन्तक्रिया कार्यक्रमहरु सञ्चालन गर्छौं,’ उनले भने्, ‘यस्ता कार्यक्रमले विद्यार्थीले आफूमा रहेको दुविधालाई फस्र्यौट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि पाइरहेका हुन्छन् ।’

पैसाकै कारण जनमैत्रीमा आएका विद्यार्थीहरु फर्किनु नपर्ने कुरा जनमैत्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले बताएका छन् ।
‘हामी अहिलेपनि सस्तो पैसामा गुणस्तरीय शिक्षा दिईरहेका छौं’ उनले भने, ‘यदी यो पैसा पनि बढी लागेमा हाम्रो विभिन्न प्रकारका छात्रवृद्धि योजना मार्फत अध्ययन गर्न सकिने व्यवस्था छ, त्यसकारण पैसाकै कारण विद्ययार्थीहरु फकर्नु पर्दैन् ।’
अतिरिक्त क्रियाकलापमा जोड:
जनमैत्रीले पढाईका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ । पढ्नका लागि भर्ना भएका विद्यार्थीलाई पढाई मात्रै केन्द्रित नगराए उनीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिइने क्याम्पस प्रमुख भोलानाथ ओझाले बताए ।
‘पढ्न त पढ्नैपर्छ । पढाउनका लागि भर्ना गरेको भए पनि अतिरिक्त क्रियाकलापमा पनि गराइरहेका हुन्छौँ । कहिले पिकनिकमा लैजाने, कहिले हाईकिङ जाने, विभिन्न खेलकुदका कार्यक्रम गर्ने, विद्यार्थीहरूबीच विभिन्न प्रतिस्पर्धा गराउने जस्ता काम वार्षिक रूपमा निरन्तर हुन्छन्,’ क्याम्पस प्रमुख भोलानाथ ओझाले भने ।

जनमैत्रीमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा राम्रो पोजिशनमा काम गर्दै आएका छन् । देश विदेशका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमासमेत काम गर्दै आएको उनको भनाइ छ ।

अन्त्यमा यस पोष्ट मार्फत भर्खरै एसईई पास गरेका आम विद्यार्थी भाईबहिनीहरु र अभिभावकज्यूहरुलाई जनमैत्री बहुमुखी क्याम्पस हार्दिक स्वागत गर्न चाहन्छु कि तपाईका छोराछोरीहरु राम्रो कलेज पढ्न चाहन्छन् र स्कलरसीपमा पढ्न चाहन्छन् भने तपाई जनमैत्री बहुमुखी क्याम्पसमा आउन सक्नुहुन्छ । तपाईले हामीलाई भेटीसकेपछि सबै कुराको एउटा प्याकेज उपलब्ध गराउँछौँ र तपाईका छोराछोरीलाई राम्रो वातावरणमा उत्कृष्ट शिक्षा प्रदान गर्दछौँ ।
