By Ravi Gajurel
बुवा खाडिमा हुनुन्छ
आमा टिकटकमा ट्यापट्याप गर्नैमा ब्यस्त
दाइ अस्ट्रेलियाको किनारमा फोटो पोस्ट्याउँछ
म युरोप जाने तयारीमा छु|
दिदी बिहे गरेर गइसकी
भिनाजु भारतको दिल्लिमा
काठमाडौँमै भाडामा बस्छन
भान्जा भान्जी मोर्डनाइज्ड
कोदो र मकैको पिठो छुट्याउन जान्दैनन ।
काका बितेर गैहाले
भाइ गाँजाकै खोजिमा
बहिनी कहिले घर कहिले साथीकोमै हुन्छे
काकी बिचरी एक्ली छिन ।
म सोच्छु कहिलेकाहिँ
अब आमा र काकी पछी
को नै हुन्छन र घरमा ?
न बाख्राका पाठा नाच्छन्,
न त बिहानै भाले बास्छ
न कराउँछ गाइ घाँस खान
न कोही हुन्छ पँधेरिमा
अहिल्यै पनि त
आँगनमा झार पलाएको छ
घरका भित्ताहरुमा लेउ लागेको छ
बारी बाँझै छ
खेत खोलाले खाइसक्यो
अनि नहिँडेको बाटो?
मेटिँदैछ पाइलाको डोरेटो
पुरिँदैछन भुइँमा छापेका बुट्टे ढुङ्गा
कुनैबेला फूलेफूलले सजिएको
गाउँको बाटो
हिलो,किचलो
अनी
सिस्नैसिस्नेले ढाकिसक्यो!