
सफलता को भोक
यो असफलतालाई स्विकार्दै
म कसरी आफुलाई माफ गरिदिउ
तिम्रो इच्छा ,
मेरो धर्म जस्तै भयो
यो हारलाई स्वीकार कसरी गरु
सफलता को लागि
तिमिबाट भाग्ने होडबाजीमा
आज दुनियाँ डुलिसके जनआब
तिमिलाई बिर्सिने चलाखिमा
यहाँ दुनियाँ भुलिसके

यो एक तर्फी सफलता को भोक पनि गजबको हुदोरहेछ
न धोकाको डर न बदनामी को
न वाचा न बन्धन
स्वतन्त्र मनको कल्पना झैं
स्वतन्त्र मोह
हावा झै मुठ्ठीमा
कैद गर्न नस्किने
तिर्खा नमेटिने
तिर्खाको आभास भइरहने
अनि त म
बाजि राख्थे यो शहर सङ्ग
म सङ्ग हार्नलाई केही छैन
बाचा दिन्थे यो शहरलाई
मौका टार्नलाई केही छैन
उड्थे आकाशमा सङ्गै
हेरि तल झार्नलाई केही छैन
अभाव हुन्छ कहिले काहीँ
मित्रताको गित सम्पन्नता आएदेखी लेखौला
रितिएको छु म अचेल
एक दिन झोला भरिन्छ होला
फेरि भेटौला हुन्न र ?
भाग्न खोज्दै छु म सायद
यो शहरमा फर्केर आउन मन छैन
पापी समय सजायको लायक
अँखा तर्केर मुटुमा सजाउन मन छैन
म आफुलाई कसरी माफ गरिदिउ!!
Sirjushreeta ✍️ #poetry #writer
