
हिन्दु महिलाहरुको महान चाड तिज यानकि मौलिक भाषामा तिर्त्याले गाउका साना साना झुपडी देखि लिएर सहरका गगन्चुबी महलहरुमा लगभग माहोल तातिसकेको छ ।तर यसो दुई चार बर्षको यसो बिश्लेण गर्दा मौलिकरुपमा मनाउनु पर्व यो चाड पछिल्लो समयमा आधुनिकरुपमै मनाइरहेको देखिरहेका छौ ।

यसले एकातिर हाम्रो परम्परालाई गिज्याइरहेको छ भने अर्को तिर यसले धनि मध्यम बर्गिय र गरिब जनहरुको बिचमा निकै ठूलो खाडल बनाइरहेको छ ।यसले एक किसमको सामाजिक दबाब पनि बढाइरहेको छ।मैले भन्नू खोजेको रमाइलो गर्न हुन्न केही खानु हुन्न डिजे बजाउनु हुन्न भनेको चाहिँ पक्कै पनि होइन ।मैले भन्न खोजेको महिला दिदिबहिनिहरुलाइ एउटा मात्र अनुरोध केछ भने तपाईंहरु दरको नाममा जथाभावी नामुद नामुद दारु रक्सी नपिउ सकेसम्म मौलिक खानाहरु परम्परागत खानाहरुसङग बडो रमाइलो तवरले मनाउनुस ।

अनि हाम्रा चाड्पर्बहरु मौलिक शैलीमा मनाउने पद्धति हाम्रा नयाँ पुस्तालाइ पनि पुस्तानातरण हुने गरि मनाउ । यी पर्वहरु हामी एकअर्काबिच जमघट गराउने सदभवाना बढाउने मायापिरती साटासाट गर्ने महत्वपूर्ण दिन भएकोले कसैको लहलहैमा नलागि आफुसङग जे छ त्यसैमा रमाउ खुसीयालि गरौ ।एउटा भनाइ छ हाम्री आमा सुकेली छैनन भन्दैमा अर्काकी आमासँग आमा भन्न सुहाउँदो हुदैन।
सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
