
चन्द्र होइन म त लुकेको मंगल भाको छु,
मन मस्तिष्कको लडाइँको दङ्गल भाको छु।
शितलता काहा भेटिएला खै,
म त चैन पछि जलिरहेको जङ्गल भाको छु।
खुशी नै न लेखिएको मेरो भग्यमा,
थोरै खुशिको पर्खाइमा दङ्ग भाको छु।
विपनी मेरो जस्तो भएपनी,
सपनीमै मग्न भाको छु।

मलाइ सबैले घमण्डि भन्छन किन हो खै,
अचम्म भाको छु।
अर्थ न पर्थ बोल्ने सङ झसङ्ग भाको छु।
लाखौं मान्छेको भीडम भएर पनि,
एक्लै भाको छु।
आफन्त र सङी भन्दा बेग्लै भाको छु,
भतभती मन पोल्छ अचेल खै किन हो।
कुरै कुराले होकि आफ्नै सोचले हो,
आफैमा एक तरङ्ग छाको छु।
परेलीका सपनाहरु धुन्द छन्,
मनका बटुवाहरु कता-कता भासिन्छन्।
सम्झनामा भिजेको रात, निन्द्रा हराएको,
म त छायाँले पनि साथ नदिएको तारा जस्तो छु।
चिसो सासमा लुकेको दुख,
म त आधा त खुला आकाश, आधा गुमनाम पिञ्जरा जस्तो छु।
सबैको बिचमा पनि म जस्तो कोही छैन,
कुराहरु भन्छन तर गहिराइमा के छ त्यो बुझ्दैनन्।
जीवनको संघर्षमा एक्लै हिड्दैछु,
न त कोई संग, न त कुनै मार्गदर्शक छ।
मनका कुरा आफैलाई ठुला लाग्छन्,
तर शब्दहरु केही पनि व्यक्त गर्न सक्दैनन्।
म त चन्द्र होइन लुकेको मंगल भाको छु,
खुशीको तिर्सनामा जलिरहेको जङ्गल भाको छु।
अमृता घिमिरे
