अहिले
समय बदलिएको छ
हामी बदलिएका छौँ
समयको खेल न हो,
हिजो राम्रो लाग्ने
आज खराब लाग्छन्
हिजो आफ्ना लाग्ने
आज पराइ लाग्छन्
आजभोलि
कौसिमा चरा आएको मन पर्दैन
आँगनमा भुरा आएको मन पर्दैन
हामी
खुशीको खोजिमा
दुखी भएको पत्तो पाउँदैनौँ
अरुलाई
दुखी बनाएको पत्तो पाउँदैनौँ!
हामीलाई
successful बन्नुछ
तर
ध्यान जती snap streaks maintain गर्नमा छ
हामिलाई
ठुलो मान्छे बन्नुछ
तर
हेर्न भेलु बाजे नै मन पर्छ
हुन पनि
समय बदलिएकै हो
कुनै बेला keypad फोनमा
फेसबुक चलाउन पनि
कम्ता रहर हुन्थेन
like बटनको
कम्ता Value थिएन
तर आज ?
आज पोस्टमा लाईक भन्दा
अरु reaction खोज्छौँ
अझ
कसैले मेसेजमै
like पठायो भने त ?
ओहो
लात्तले हान्दिन मन लाग्छ ।
खैर,
समय बदलिएको छ
म बदलिएको छु
हामी बदलिएका छौँ!