
का छौ मेरि मनकि रानी कुन ठाउँमा बसिछौ चारैतिर प्रकृतिले सिङगारेको ठाउँमा छौ कि कोलाहल सहरमा छौ शान्त सालिन भएर बसेकी छौ कि रहरले अडिएकी छौ।
जा छौ जस्ती छौ मलाइ बिश्वास छ तिमी आफ्नो सपना बुनिरहेकी छौ मलाइ बिश्वास छ तिमी रातदिन नभनी लगनशील भएर भगवानलाई सम्झेर रमाइलो त्यागेर आफन्तको त्यो छातीमा चसक्क गर्ने भास्य यसले केही गर्न सक्दैन भन्ने कुरा मनन गरेर अगाडी बढीरहेकी छौ ।यति पनि मलाई अनुभुती छ कि तिमी एउटा बन्दी कोठामा पिचडामा भएको सुगाको जस्तै बसाइ गरेर कति अनिदो भएर बसेकी छौ कति दिन भोकभोकै अडिएर स्थिर रहेकी छौ।सायद भगवानले एकदिन हामिलाइ पुर्णरुपमा परिपक्क भइ अब तिमीहरुले दुई मुटु एक धड्कन हुनुपर्छ अब भनी हाम्रो शिरोपर गर्नेछन त्यो दिन हाम्रो लागि ऐतिहासिक दिन हुनेछ ।

हाम्रो त्यो दिन खुसियालीको दिन हुनेछ ।त्यो दिन हाम्रो लागि कल्पनाको ससारलाई यथार्थमा बर्णन गर्ने दिन रहनेछ। कुनै बेला अल्बर्ट आइसटाइनले भनेका थिए तिमि कुनै नारिको पछि ब्यर्थै नलाग किनकि जब तिमी सात बर्षको हुदा नै तिम्रो अर्धाङगिनीको अज्ञातरुपमा मिलन भैसेको हुन्छ हो यहि कुरालाइ मनन गर्दै म आफ्नो दिनचर्या बिताइरहेको हुन्छ।
तिमि जिद्दि र अडिग छौ भन्ने कल्पना गरेको छु म तिमिलाइ फकाउने अचुक उपाय खोजिरहेको छु मलाइ यतिसम्म पनि लाग्छ तिमीसङ्ग मेरो साक्षात्कार भाको दिन तिमिलाइ खुब हसाउने मन छ तिमिसङ्ग मेरा बिगतका र सङ्घ्रशका कुरा सेयर गर्ने मन छ । अचेल हामी अज्ञात छौ ठिक छ अज्ञातरुपमै कर्मबिर भाका छौ जुनदिन हामी ज्ञाता हुने छौ त्यो दिन हामी त्यो दिन महानताको खोल ओडेर अडिग हुनेछौ।अहिले म कल्पनाको सन्सारमा यति नै बहकिन्छु ।
बाकी हाम्रो भेट्मा ।तिमिलाइ पनि भगवानले रक्षा गरून् मलाइ नि भगवती दाहिने हुन ।तिमि पनि आफ्नो सपनाप्रती संबेदनसिल हुनु म नि हुनेछु ।
तिम्रो अज्ञात प्रेमी।
Bhasker Bhatt Pacific

