
हों म छैन अरु जस्तो
हों म छैन अरु जस्तो,
छैन मेरो आँखा भरि स्वार्थको रंग।
छैन मेरो मनमा कसैलाई दुखाउने चाहना।
म आफ्नै बाटो हिँड्छु,
जहाँ छ मेरो सोझो पन ,
जहाँ छैन लोभ र पापको छाया।
हो, म फरक छु,
तर फरक हुनु दोष हैन,
मेरो आफ्नै उज्यालो छ,
जसले बन्छ मेरो बाटो।
अरूलाई पछ्याउने भन्दा,
आफ्नो लक्ष्यमा पुग्न मन लाग्छ।
जुन म छु, त्यसैलाई माया गर्छु,
किनकि यही नै मेरो सत्य हो।
हों म छैन अरु जस्तो,
हों छ मेरो बानी बच्चा जस्तो ,
तर यसैमा छ मेरो अस्तित्व,
यसैमा छ मेरो खुशी।
@Hari TG
