हामी दिनहुुँ धेरै जसो प्रतिष्ठित ब्याक्तिहरुको लाईफ स्टोरी हेर्छौ बुझ्छौ सुन्छौ अन्वेषण गर्छौ र अन्तिममा त्यस्तै ब्याक्ती बन्न सके आहा कति राम्रो हुन्थ्यो भन्ने कल्पनाको सन्सारमा खुब रमाउछौ केही क्षणको लागि भएपनि अनि हामी अनेकौं प्रभुत्व जमाउनुभएका बिशाल मोटिभेटरहरुको प्रबचन सुन्न पनि खुब रुचाउछौ सुन्छौ पनि तर हामी त्यति बेलासम्म मात्रै खुब उर्जावान एक्टिभ र शक्तिशाली हुन्छौ ।जतिबेला हामी त्यो भिडियो अनलाइन माध्यम वा भौतिक कक्षामा नै श्रबण गरिरहेका हुन्छौं ।

जब हामिले श्रबण गरेको भिडियो सामग्री सकिएपछि वा प्रबचन कक्षबाट बाहिर जान्छौ ।हामिमा आएको त्यो आत्मबल उत्प्रेणा जागरण र साहस खै एउटा नेपाली गितले भनेजस्तै उडायो सपना सबै हुरिले जस्तै हुन्छ।यो बिषयमा मेरो अध्ययन र बिस्लेशणले त्यति मीठो बिस्वस्निय त नहोला एउटा भनाइ छ नि सातजना अर्थशास्त्री भेला भएपछि आठवटा बिचारहरु उत्पन्न हुन्छ्न।मेरो बिचारमा हामी अरुद्वारा उत्प्रेरित हुने प्रवृत्तमा हुर्किरहेका हुन्छौ यानकि एउटा कामचोर कर्मचारी जसरी आफ्नो कार्यविवरण अनुसार जिम्मेवारी पूरा नगरी माथिल्लो तहको निर्देशनको पर्खाइमा हुन्छ |

त्यसरी नै वा हामी अर्काको देखासिकीमा चलिरहेका हुन्छौ।फलानोले पढे मैले नि पढ्नुपर्छ फलानो केही गरे मैले पनि गर्नुपर्छ भन्ने भावना हामिमा जागृत भएको हुन्छ।हामी आत्मसन्तुस्टी र आत्मस्म्मानको लागि नभइ समाजले के भन्ला समाजलाइ देखाउला भनेर खुब मरिहत्ते गरि आफ्नो कर्ममा लागिरहेका हुन्छौ ।
तर म यसको कट्टर बिरोधी हु ।किनकि हामिले सर्बप्रथम त स्वयम् उत्प्रेरित हुनुपर्छ ।आफुले आफुलाइ प्रश्न ठड्याउनु पर्छ why i was born?मेरि आमाले मलाइ 9 महिनसम्म दुख गरि किन जन्मायो म खानको लागि मात्रै जन्मेको हुम कि भन्ने प्रश्न सचेत जनहरुले आफ्नोt शितल हिर्दयलाई सोध्यो भने हामी स्वयंम उत्प्रेरित भइ आफ्नो लक्ष्यतिर केन्द्रित हुन्छौ भन्नेमा बिस्वत छु।त्यसकारण हामिले स्वयंम उत्प्रेरित हुनु जरुरी देखिन्छ
