सायद यो नेपाली समाजमा नै होला आफू क्षमतावान हुदाहुँदै पनि सक्षम हुदा पनि सिस्नो पनि भाच्न नसक्ने तर अरुले प्रगति गर्यो भने डाह गर्ने क्रोध ईष्र्या अनि उसको मनोबल घटाउने प्रवृत्ति नेपालमा छ यसले गर्दा पनि नेपाल विविध पक्षबाट पछारिएको मैले आभास गरेको छु। अरे महोदय उ गाडी चड्यो उसले घर जोड्यो उसले असल श्रीमति पायो नपाउनेको चित्त दुखाइ उसले दिनरात मिहिनेत गर्यो होला।उसले भोक भोकै प्यास नभनी आफ्नो कर्ममा निरन्तर अनवरत रहयो होला कयौं रमाइलोहरु पोका पार्यो होला कयौं पिडाहरु लुकायो होला हामी त्यति बुझदैनौ हामी त के सोच्छौ भने उसको भाग्यमा लेख्या होला तब पायो ।

अरे महोदय सबै कुरा भाग्य नै भए कर्मको के औचित्य त मैले भन्न खोजेको भाग्यमा बिश्वास गर्नुहुन्न्न पक्कै पनि होइन ।बिश्वास भाग्यमा तब गर्नुपर्छ जब हामीले कर्म भरिपुर्ण गरेर अब त कस्तो नहोला सोच्छौ ।त्यसैले एउटा भनाइ छ नि जस्ले मह गाड्छ त्यसले हात चाट्छ।
यो बुझेर पनि हामी बुझ पचाइरहेका हुन्छौं ।हामी सफल योद्धाको प्रशंसा खुशी व्यक्त गर्नुको सट्टा कसरी उसलाई तनाब दिने उसलाइ demotive गर्ने पछाडि पार्ने भन्ने बृहत योजना बुनिराखेका हुन्छौ।तर यो आवस्यक किन?

हामिले सधैं कर्मको फल मिठो हुन्छ मानब सधै सत्कर्ममा तल्लीन हुनुपर्छ भन्दै आफ्नो कर्ममा निरन्तर लागिरहे हामी ब्याक्तिगतरुपमा सफल त हुन्छौ नै त्यसका अलवा हाम्रो परिवार हाम्रो समाज अनि सिङ्गो रास्ट्र नै लाभदायक हुन्छ्न।त्यसैले महात्मा गान्धीले भनेजस्तै अरुका कुरा छोड आफ्नो काम गर प्रेरणादायी सन्देशलाई आत्मसात गर्दै अगाडि बढ्न प्रतिफलयुक्त मानिन्छ । निर्धनीलाई धन मिलोस गरिबलाइ माया सबै मानब जातिमा रहोस भगवानको घामछाया सबैको जय होस।
