२५ एमबीभन्दा ठूला फाइल ईमेलबाटै कसरी पठाउने ?

ईमेलबाटै विभिन्न किसिमका फाइल पनि पठाउन सकिन्छ । तर, त्यसमा २५ एमबीभन्दा बढीको फाइल पठाउन सकिंदैन । आज हामी कसरी ईमेलमार्फत ठूला आकारका फाइल पठाउने भन्ने विषयमा जानकारी दिंदैछौं ।

१) गुगल ड्राइभ

ईमेलबाट ठूला साइजका फाइल पठाउनका लागि गुगल ड्राइभ सबैभन्दा उपयुक्त विकल्प हो । तपाईंले ड्राइभमा अपलोड गरेको फाइल चाहेको ईमेल एड्रेसमा पठाउन सक्नुहुन्छ । 

२) वि-ट्रान्सफर 

ठूला फाइल शेयर गर्नका लागि प्रयोग गर्न सकिने अर्को विकल्प हो, वि-ट्रान्सफर । यसमा पनि आफूले चाहेको दुई जीबीसम्मको फाइल अपलोड गरेर त्यसको लिङ्क सोजै वा ईमेलमार्फत सम्बन्धित व्यक्तिलाई पठाउन सकिन्छ

यसरी ठूला फाइल पठाउने कैयन् विकल्पहरू छन् । उदाहरणका लागि ड्रपबक्स, टेराबक्स, फाइल स्टेज आदि पनि प्रयोग गर्न सकिन्छ । सोझै ठूला फाइल ईमेलबाट पठाउन नसकिने हुनाले तपाईंले माथि उल्लेख गरिएका तरिका अपनाउन सक्नुहुन्छ । विशेषगरी फाइलको शेयरेबल लिङ्क तयार पार्ने र त्यसैलाई ईमेलमार्फत पठाउँदा उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *