
देशको अवस्था हेर्दा लाग्छ, “हैन देशमै नंग्रा खियाउनुपर्छ, केहि गर्नुपर्छ” भनेर कैंयौं युवाहरुको भविष्य मैले नै बिगारे कि क्या हो। राजनीतिमा लागेका क्षमतावान साथीहरुलाई तपाइको भविष्य उज्वल छ भन्दै उत्साहित गरेँ तर कैयौं क्षमतावान साथीहरु पूर्णकालीन राजनीतिमा लागेर आशा र निराशाको बीचमा अन्त्यमा गलत गरिएछ कि क्या हो भन्ने बोध संगै छटपटीएको देखेको छु। न उनीहरुको भविष्यको टुंगो छ, न राजनीति सुध्रिनेवाला छ। म टुलुटुलु हेर्न मात्र सकेको छु। ठुलो गल्ति गरिएछ, मलाई पश्चाताप छ।
मिठा कुरा गर्न त मलाई नि मन छ तर झुटो आश्वासन दिन मन छैन, म पक्का छु “यो मुलक अहिले बन्दैन”, अझै केहि दशक सच्चा राष्ट्रभक्तहरु नै यो देशमा कुकुरको जीवन बाँच्नेछन् तर ‘राष्ट्रभक्ति’ को खोक्रो नारा लाउनेहरुले नै राज्यदोहन गर्नेछन, आलिशानको जिन्दगी बांच्नेछन।
तँपाई युवा हो भने मेरो अनुरोध छ- बेलैमा विदेसिनुस, राम्रो सन्तान बन्नुस। सक्नुहुन्छ बुबाआमालाई पनि उतै लानुस, तर यस्तो देशमा पैसा नपठाउनुस। हजार/ लाख व्वांसाहरु र्याल चुहाएर बसेका छन् तँपाईको कमाई खान, मानव जीवनको लागी सबैभन्दा ठुलो कुरो – तँपाई स्वयं हो, त्यसपछि परिवार, अनि समाज, अनि बल्ल देश।
नेपालमा राष्ट्रभक्ति scam हो, चुनावी एजेन्डा हो। पहिला असल मानव बन्नुस, असल नागरिक बन्नुस, बरु जुन देशमा असल नागरिकको कदर छ त्यहाँ बन्नुस, तर यहाँको नेताको बहकाउमा नआउनुस।
1. धनीले भन्छन – पैसा ठुलो कुरा हैन, (त्यो नसुन्नुस)
2. विदेश गएर फर्केकाले भन्छन – हैन हाम्रो भन्दा सुन्दर अर्को देश छैन, (अहिले त्यो पनि नसुन्नुस)
पहिला भविष्य बनाउनुस, पैसा कमाउनुस, त्यसपछि यस्ता कुराहरु गर्नुस, सुन्नुस, उज्ज्वल भविष्यको शुभकामना!
Rohit Malla

