
धेरै पढाउने धेरै लेखाउने ,भन्नू भको छ /
असल बने मात्रै घर आउने, भन्नू भको छ//
मलाई संघर्ष गर्न बाहिर पठाउदा आमा बा ले,
सफल नहुन्जेल मुख नदेखाउने,भन्नू भको छ///
मेहेनत गरि राम्रो ज्ञान सिक्नु छोरा अहिले ,
पछि गएर त्यही कुरा सिकाउने,भन्नू भको छ /
हत्केला फुटे पैतला फुटे त्यहाँ पुगायौ हामिले ,
अब आफ्नो खुट्टा आफै टेकाउने, भन्नू भको छ//
हामिलाई खुसी राख्ने बाहानामा कतै तिमिले ,
आफ्नो इज्जत लाई नबिकाउने ,भन्नू भको छ///
प्रस्तोता : बेद कुँवर रजबार

