
खै न लेखु भन्छु तर यो मनले मान्दै मान्दैन ,
तर
आज पराई ले त मतलब दिएनन्,दिएनन् तर तिमीहरू ले धरि आज एक नेपाली आफ्नै दाजुभाइलाई पराई त बनायौ,बनायौ त्यस माथि पनि उसको मनलाई पनि धेरै भन्दा धेरै रुवायौ।
आखिर किन आखिर किन ……..?
जिन्दगीको गोरेटो मा हिड्दा-हिड्दै कस्लाई के थाहा कुन मोडमा गएर के हुने हो भनेर – तैपनि किन फेरि मान्छेहरू सानो सहयोग माग्दाँ पनि अस्विकार गर्छन् ,,,,आखिर किन …..???
हो यस्तै म पनि आज एक आफ्नै कम्पनीका साथी जो पन्ध्र-बीस दिन देखि यो प्रदेशको एक बिछ्यौना मा पल्टिँरहदाँ पनि कुनै दिन आफ्नो कम्पनीको बोस अथवा कम्पनीका कुनै पनि कर्मचारीले वास्ता गरेनन् यहाँ सम्म कि आफू सगै काम गर्ने (छि नेपाली भन्न पनि घिन लागेर आउँछ) कुनै साथीहरूले उसलाई के भयो,के भएर यति धेरै दिन सम्म ऊ त्यहीँ बिछ्यौनामै छ र साथी खाना खायौं कि खाएनौ भनेर बुझ्न चाहेनन् र बुझ्ने कोसिस पनि गरेनन् ।के यहि नै हो एक नेपाली साथिले एक नेपाली साथी लाई गर्ने व्यावहार, आखिर किन उ पनि त कुनै दिन तिमीहरू संगै बसेर मिठा-मिठा कुरा गर्दै ,ख्याल-ठट्टा गर्दै,दुख-सुखका कुरा गर्दै रमाइरहेको थियो ,तिमीहरू कै हरेक दुख-सुखका दिनहरूमा साथमा साथ दिएरै जिन्दगीको गोरेटो मा आफ्ना ती अनगिन्ती पाईला हरु चाल्दै थियौ ।
तर अहिले आएर किन तिमीहरू चै उसको दुखका दिनमा आएर चटट्कै साथ छोडिदिन्छौ।हो जो हिजोका ती दिनहरुमा तन्दुरुस्त थियो,फुर्तिलो थियो काम गर्न सक्थ्यो ,ऊ संग पैसा हुन्थ्यो ,जाँडरक्सी ल्याएर खुवाउथ्थौ र अनि कुकुरले जस्तो पुच्छर हल्लाउँदै उसैको पछि-पछि लाग्थ्यौ अब त ऊ आफ्नो जिन्दगी देखि बिरक्त मानेर भाग्यलाई दोष दिदै एक बिछ्यौना पल्टिरहेको छ अब त तिमीहरूले उसलाई कहाँ हेर्थे ऊ त हैन नामर्दा साथीहरू।आखिर तिमीहरू पनि त पैसा भए मात्रै साथी भनेर सोच्ने त रहेछौं नि। के आखिर ऊ अस्वथ हुदाँ चै तिमिहरुको साथ पाँउन सक्दैन ।वा वा वा धेरै धेरै धन्यवाद छ तिमीहरू लाई जब पैसा हुदाँ आफ्नो र जब पैसा छैन उ पराई यानकि उ को हो भन्ने सम्म बनाउदा रहेछौं ।

उ पनि आफ्नो भविष्यको आफ्ना ती सुनौला सपनाहरुलाई पूरा गर्छु,र आफ्नो परिवारका अनुहारमा खुसियाली भित्र्याउने सोचमा सात समुन्द्र पारिको यो बिरानो ठाउँमा आफ्नो घर,परिवार,जन्म दिने आमा-बुबालाई छाडेर एक्लै भौतारिदै आईपुगेको छ जस्तै तिमीहरू पनि ।यो बिरानो ठाउँमा आफ्नो भन्ने को नै छ र त्यहीँ नेपाली साथि,दाजुभाइ ,दिदिबहिनी होइन र। अब त्यहि पनि चिनजान गर्ने सबै संग मित्रताको हात बढाउने गरेर नत्र त उखानै छ नि कुकुलाई त (चेहि) नभनी आउदैन भन्ने ।तर आज मेरो मन सारै दुखेको छ,अनि रोएको पनि जब हाम्रा नेपाली दाजुभाइ भनाउदाँ हरु हजारौं रिङगेट जुवा-तास,जाँड-रक्सी ,रन्डिबाजि गरेर खर्च गर्न सक्छन् तर त्यहीँ आफू संगै काम गर्ने एक नेपाली (दाजुभाइ) कैयौं दिन देखि बिरामी परेर सिकिस्त अवस्था भईरहेको बेलामा सानो सहयोग माग्दाँ कति सजिलोसँग अस्विकार गरेर उसको त्यो अस्वथ मनलाई झनै नुनचुक छरिदिन्छन्,वा वा वा नेपाली दाजुभाइ हो।….. तर हेर साथी भनाउदाँ हरु हौ,तिमीहरूले साथ नदिए हामी दुई दाजुभाइ मिलेर सहयोग गर्नेछौं ,र त्यहाँ बरु किन जस्तोसुकै बाधा अड्चन ,दुख-पिडाका दिनहरु झेल्नु किन नपरोस् तर सम्धी हजुरलाई म र दाजु ( ) भएर हजुरलाई जुनसुकै समयमा पनि सहयोग गर्नेछौं ।
सम्धी हजुरले कहिल्यै पनि एक्लो महसुस नगर्नु है।तर
आज बल्ल आएर बुझ्दै छु कि के हामी अवैधानिक (अनुमति बिना लुकि-चोरी काम गर्नु) भएर काम गर्ने को चै कुनै मुल्यांकन नै छैन र।के जब सम्म काम गर्न सक्छौ उसको कम्पनीको राम्रो कामदार जब बिमार भएर काम गर्न सक्दैनौं उ लाई आफ्नो कम्पनी बाटै हटाउने यो कस्तो अन्याय हो,आखिर कहिले सम्म चै हामीले यस्तो अन्याय र अत्याचार सहेर उनिहरुकै पाँउ मोलिरहने।जब बिरामी परिन्छ ओषधि लिन जचाउन गयो पासपोर्ट (राहदानी)खोज्छन् के पासपोर्ट वालाले मात्रै हस्पिटलमा चेकजाँच र उपचारका सुबिधा पाउने अनि के हामी अवैधानिक हरुले चै केही सुबिधा नै नपाउने आखिर किन ।
तर हामीलाई अवैधानिक प्रक्रियाले काम गर्न बाध्य बनाउने पनि ती नै नेपालीका नाममा ती गुह्रे किराहरु (दलाल)हुन धेरै पैसाको लोभ-लालच देखाएर अयोग्य काममा पनि प्रर्देशमा भित्राई रहेका छन् तर कसलाई हुन्न र पैसा कमाउने रहर तर ती रहरहरु उसलाई के थाहा कि त्यहीँ नेपाल सम्मको लागि मात्रै हो भनेर जब यता आउछन् बल्ल त्यसपछि मात्रै थाहा हुनेछ कि उ सपना देखेर भर्खरै बिउँझिदै रै छु भनेर अनि त्यहाँका हरेक दुख कस्ट अनि भनाइ त्यसैमा अनिहरुको यातना सहन नसकेर उ बौलाहा पागल सरि भौतारिदै हिड्न बाध्य भएको हुन्छ तैपनि घर-परिवार,ईस्टमित्र,साथिभाई हरुले भन्ने गर्छन् वाह अब त लाउरे भएपछि त हामीलाई बिर्सिएछ,अब त हामीलाई चिन्दैनस् भनेर तर उनिहरु लाई के थाहा कि उ आफ्नो जिन्दगी चै एक युद्ध मैदान राखेर लडिरहेको छ ताकि उसको कुनै ठेगान छैन जुनसुकै समयमा पनि जे सुकै हुनसक्छ भनेर ।
थुक्क अनि धिकार छ ती म जस्तै लाखौं अवैधानिक रुपको सिलसिलामा काम गरिरहेका नेपाल आमाका सन्ततिलाई जब आफ्नो जन्मभूमि हुदाँ प्रदेश आउने ठुलो सपना थियो भने अब अहिले आफ्नो देश नेपाल फर्किनलाई ठुलो सपना देखिरहेका छन् म जस्तै लाखौं वीर नेपालीका सन्तानहरु……धिकार छ मेरा देशका ती भस्ट नेता भनाउदाँ हरु लाई आखिर कहिलेसम्म म जस्ता लाखौं नेपाली हरुलाई यो बिदेशी भुमिमा नै आफ्नो अन्तिम सास,अन्तिम पाईला छोड्न बाध्य बनाउछौ,आखिर कहिलेसम्म ……..
हाल-बिरानो ठाउँ (मलेसिया बातु-9 चेरास)

