प्रेम-जीवनको नाजुक आयाम

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन । फूल निकै सुन्दर हुन्छ, तर यदि मैले त्यसलाई कुल्चेँ भने, यो दुई दिनमा मल बन्छ । म एक पलमै फूल नष्ट गर्न सक्छु, तर के त्यसले फूलको सुन्दरता र महत्व कम हुन्छ ? हुँदैन । त्यसैगरी, तपाईंको प्रेम नाजुक छ । यसको बारेमा अनेक थरीका काल्पनिक कुराहरू नपत्याउनुहोस् । साथसाथै, म त्योसँग जोडिएको सुन्दरतालाई अस्वीकार गरिरहेको छैन ।

तर, यदि तपाईंले जीवनको त्यति कमजोर आयामलाई आफ्नो जीवनको आधार बनाउनुभयो भने, स्वाभाविक रूपमा तपाईं जतिबेला पनि चिन्ताले ग्रस्त बन्नुहुनेछ, किनकि तपाईं नाजुक फूलमाथि बसिरहनु भएको छ । मानौँ, फूल असाध्यै सुन्दर भएकोले तपाईंले जमिनमा आफ्नो घर बनाउनुको सट्टा फूलमाथि घर बनाउनुभयो भने, तपाईं सधैँ डरमा बाँच्नुहुनेछ । यदि तपाईंले जमिनमा आफ्नो जग बसाल्नुभयो अनि त्यसपछि फूललाई हेर्नुभयो, सुघ्नुभयो र स्पर्श गर्नुभयो भने, यो अद्‌भुत हुनेछ । तर, यदि तपाईंले फूलमा आफ्नो घर बनाउनुभयो भने, तपाईं निरन्तर डरमा रहनुहुनेछ । मैले यस प्रसङ्गमा मात्र भनिरहेको हुँ । प्रेम जे हो, त्यसलाई हामी अस्वीकार गर्न खोजिरहेका छैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *