टपर – कविता  

एकदिन कक्षामा सरले पढाउदै गर्दा 
सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? 
मैले सजिलै उत्तर दिए 
सरले अनायसमै भन्नुभो 
आउदो रहेछ त तल्लाई 
त्यही कक्षाको‌ कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज 
सर हाम्रो कक्षाको‌ टपर हो यो

उचाईमा टपर भनौ 
मेरो उचाई जम्मा ५ फिट ५ ईन्च 
बोलाईमा टपर भनौ 
धेरै मान्छेको भेलामा राम्ररी बोल्न डराउने म 
लेखाईमा टपर भनौ 
जेरी को घुमाई भन्दा घुमेका नबुझिने मेरा अक्षर 
कुन्नी के को टपर हो म 

सायद आफुभन्दा धेरै अंक ल्याएर भन्योकि तेल्ले 
अंकले टपर‌ हुने भए 
२  विषय लागेको साथी विशेष विदेशमा छ 
घर हाल्यो रे तेल्ले ५ तलाको 
को टपर ऊ कि म 
५ तला‌मा बस्ने कि म एउटा सानो झुप्रो जहाँमाटै माटोले घेरिरहेछ 

फेरि सम्झे कतै ह्यान्समको‌ हिसाबमा भन्यो कि 
मनले भन्छ 
तेरो मोबाईलमा‌ म्यासेज नआएर जालो लागेको कति भो 
फेरि सोचे दिनै पिच्छे प्रेमिका घुमाउने त्यो टपर कि 
चौतारामा बसेर कति काग उडे गन्ने म 
हैन यो मा नि टपर त त्यै रछ

कुन बिषयमा टपर भन्यो उल्ले 
लेखाईमा कि देखाईमा 
पर्खाईमा कि भोगाईका 
अंकमा कि प्रतिशतमा 
त्यो उल्ले नै जानोस् 

बस यत्ती भन्छु 
जीन्दगीको उचाईमा म टपर हैन 
भोगाईमा‌ म टपर हैन 
व्यवहारमा  म टपर हैन 
व्यापारमा म‌ टपर हैन 
जल्ले जीवन जानेको छ त्यो टपर हो 
जल्ले सिकाउन जानेको छ त्यो टपर हो 
तपाई टपर हो हाम्रो समाज टपर हो 
मात्र बुझिदिनुस् म टपर‌ होईन

दिनेश पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *