आमाको महिमा अपरम्पार

युगकवि सिद्धिचरण श्रेष्ठले आमा कवितामा गाएको यो महिमाले नै झल्काउँछ आमाको महिमा । आज सोही दिन अर्थात वैशाख कृष्ण औंसी (आमाको मुख हेर्ने दिन) ।

आमा विशाल शक्तिको मुहान हो । जस्तोसुकै उमेरका मान्छे होस् आमाको अगाडि उ बच्चा सरह नै हुन्छ । आमाको सधैँ याद गरेको हुन्छ । आमाको न्यानो मायाले ऊ प्रफुल्लित भइरहेको हुन्छ । कुनै कसैलाई आमा भए पनि नभए पनि कुनैबेला कहिँ आफ्ना गोडाको औंलामा ठेस मात्रै लागेमा पनि हाम्रो मुखबाट ऐय्या आमा’ भनी आमाको पुकार गरिहाल्छ । कुनै पनि समस्या आएमा आमालाई सम्झना गर्ने हुन्छ । यस्तै आमाले पनि आफ्ना छोराछारीलाई केही भयोकी भनी सदा चिन्ता लिइरहेको हुन्छ । यसैले आमाबाबु सन्तानका लागि महान् छन् ।जसका आमा बाबुहरू रहेका हुन्छन् उनीहरू भाग्यमानी छन् । ब्रम्हाति मातापितरौ मातापिताहरू ब्रहृमा देउता हुन् र सबैतिरबाट पूजनीय भएकाले आमाबाबुको मुख हेर्ने परम्परालाई आजसम्म पनि उत्तिकै श्रद्धाले मनाउँदै आएको छ । हुनत पाश्चात्य देशमा पनि फादर्स डे मर्दस डे भनेर आमा बाबुलाई सम्झेर मनाउने चलन छ । तर नेपालीहरू यी दिनहरूलाई आफ्नै विशेष धार्मिक परम्परा अनुसार श्रद्धाका साथ विभिन्न मनोरन्जनका साथ विधि पुर्‍याएर मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *