
आउ फेरि
एउटै शिलशिलामा अघि बढौ
आउन आउ फेरि सङ्गै अलि अगाडि बढौ
सङ्गै टाढा जाऔ ,,
न रङ्गिबिरङ्गी फूल चाहिन्छन मलाई तिमी ,,तिमिलाई म
जहाँ जहाँ पाइला राख्नेछौ एउटै गोरेटो बनाउन आउ ,,,
आउ फेरि सँगै कही टाढा जाऔं,
हात समाएर अलि अगाडि बढौँ,
हामिले सम्झनामा गुनगुनाउने गीतहरू,
आज फेरि एकपटक एक अर्कालाई लेखौ,
आउ फेरि सँगै कही टाढा जाऔं,
मलाई लाग्छ समय म संग बितेको छैन,
मसँग आशा बाहेक केही थिएन,
तैपनि मेरो आँखामा सारा सपना जिउँदै थिए,
समयको दिशा बदलेर,
अब म तिमीकहाँ आएकि छु,
फेरि ती सपनाहरूमा बाँचौं,
आउ फेरि सँगै कही टाढा जाऔं,
जब हामी केहि परिचित सडकहरू पार गर्छौं,
विगतका हरेक सुख अनि दुखका सम्झनाबाट,
जब यी मौन आँखाहरुमा सबै कुराको चर्चा हुनेछ,
तिनीहरूमध्ये केही मिठा पल सँगसँगै,
आउ फेरि पुराना गीत गाऔं,
आउ फेरि सँगै कही टाढा जाऔं।❤️
✍️सिर्जना सिंह ठकुरी (SirjuShreeta)

